२०८० जेष्ठ १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ कात्तिक ।फंगस समूह को जिबाणु ,बनस्पति जागत मा पर्ने च्याउ एक प्रकार को खाध्य तत्व हो  । अरु विरुवा जस्तो आफ्नो खाना आँफै बनाउन नसक्ने हुदा च्याउ लाई खान सक्ने खाना बनाइ दिएर हावा पानी मिलाई सुरक्ष्यित स्थानमा ब्यवस्थित सँग यसको खेती गरी उत्पादन गर्न सकिन्छ ।

काँचो र नपाकेको वा पुरै सडेको पदार्थमा यसको उत्पादन नहुने हुदा यसलाई हरियो र काँचोपन हटेको तर त्यस बस्तुको तत्व नस्ट नभै सकेको पदार्थ चाहिन्छ । जस्तै पराल सुकेको हुन्छ तर कुहेको हुँदैन वा तत्व सकिएको हुँदैन ।

च्याउमा मसिना रेसा जस्ता तन्तु हुन्छन जसबाट फैलिएर ठुलो साइज़ मा खान योग्य च्याउ तयार हुन्छ च्याउ तरकारीको रुपमा प्रयोग गरिने अति स्वादिलो साथै मानिसको लागि उपयुक्त खाना हो यसलाई साकाहारी र माम्साहारी दुबै थरिले मन पराउने हुँदा यसको ब्याबसायिक खेती गरी ठुलो आम्दानी गर्न सकिन्छ ।

सानो पुँजिको उत्पादनले क्रान्ति ल्याउन सक्ने कन्ये च्याउकै बारेमा भन्ने हो भने २० देखी २५ हजारको लगानिमा ३० × १४ फिटको छाप्रोमा एक पटक खेती गर्दा राम्रोसँग मेहनत गरे १५०० किलो च्याउ उत्पादन गर्न सकिन्छ । एउटा छाप्रोमा वर्शको दुइचोटि खेती गरे ३००० किलो च्याउ फलाउन सकिन्छ, यती सानो संसारबाट यात्त्रो च्याउ उत्पादन हुन्छ ।

कन्ये च्याउ काठमान्डाैं मा पुष माघमा पनि उत्पादन भएको छ झापाको केचना नजिकैको चाराली र धुलाबारी सम्मको गर्मी ठाउमा पनि कन्ये खेती गरिएको छ । हिमाली भेगको जौको नलदेखी पहाडको मकैको ढोड , खोस्टा र तराइको खोलाको काँसदेखी गहुँको छवाली र परालमा समेत कन्ये च्याउको खेती गर्ने स्रोत हुन l तरकारी , अचार् सुकाएर जसरी पनि बिरामी र सुत्केरी जस्ताले पनि दुब्ला र मोटाजस्तालाई पनि बुढा , युवक , र वच्चा सबैले खान हुने । खेती गरेको २० देखी ४० दिनमै उत्पादन लिन सकिने नेपालको एक स्तरिय खेती कन्ये च्याउ हो नेपालमा कन्ये च्याउको खेती राम्रोसँग गरे १२ महिना नै गर्न सकिन्छ ।

गोब्रे च्याउ भन्दा स्वास्थ्यको हिसाबले कन्ये च्याउ खानको लागि धेरै उपयुक्त मानिन्छ । गोब्रे च्याउमा जस्तो यसमा डि ए पि , युरिया र चिनी मल जस्ता रासायनिक मल प्रयोग गरिँदैन । गोब्रे च्याउलाई खान अयोग्य सोडा प्रयोग गरेर धोइन्छ भने कन्ये च्याउमा यस्तो केमिकल प्रयोग गरेर पखालिदैन । सिधैपोकाबाट टिपेर बेचिन्छ । हर हिसाब, हर ठाउमा , यसको उत्पादन गर्न सकिन्छ ।

कसरी गर्ने त कन्ये च्याउ खेती ?

कन्ये च्याउका लागि धानको पराल, गहुँको छ्वाली, मकैको खोस्टा आदिको प्रयोग गरि च्याउ उत्पादन गर्ने प्रबिधिको प्रयोग गर्न सकिन्छ। कन्ये च्याउ खेती गर्दा २०-३० डि.से. तापक्रम र आद्रता ८०-९०% हुनुपर्छ। सुहाउँदो तापक्रम भने २२-२५ डि.से. हो ।

१. सफा पराललाई बीउको मात्रा मिलाउनका लागि तौलने।
२. तौलेको पराललाई २ देखि २.५ इन्चको टुक्रा पार्ने।
३. पराललाई २ घण्टा सफा पानीमा डुबाउने।
४. सफा पानीले ३-४ पटक परालमा भएको धुलो पखाल्ने
५. भिजाएको परालमा बढी भएको पानी हटाउन १८-२४ घण्टासम्म भिरालो ठाउंमा फिजाई पानी तर्काउने।
६. परालमा भएका सूक्ष्म जीवाणुलाई मार्न पानीको वाफले मात्र ३० मिनेटदेखी १ घण्टासम्म पराल बफाउने।
७.बफाएको पराललाई सफा ठाउँमा राखी चिसो भएपछी १६”×१८” को प्लाष्टिक झोलामा ४”इन्च जति पराल राखी बीउ छर्ने र फेरि ४” पराल राख्ने र बीउ छर्ने। यसै गरि ४-५ तहसम्म बीउ छर्ने।
८. प्लास्टिक भित्र केही मात्रामा अक्सिजनको आवश्यकता पर्ने भएकाले १० से.मी. फरकमा १ से.मी. गोलाईको प्वाल पार्ने।
९. बीउ रोपिसकेपछी प्लास्टिकको झोलालाई अँध्यारो ठाउँमा २५-३० डि.से. तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरि ३ हप्तासम्म राख्नुपर्दछ।
१०. परालमा पूरा ढुसी फैलिएपछी प्लास्टिक झोला हटाउने र डल्लोलाई इट्टा तथा फल्याकमाथी राख्ने।
११. प्लास्टिक झोला हटाउने समयमा परालमा स-साना च्याउका दाना पनि देखिन्छन् ।सो झोला खोलेको ५-७ दिनमा च्याउ टिप्न तयार हुन्छ।
१२. दिनको २-३ पटक यसमा पानी छर्कने।
१३. एउटा डल्लोमा ३-४ पटकसम्म च्याउ फल्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!