२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १० पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले वर्ल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा शुभारम्भ गरे ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ वटा गीत लगातार गाएर वर्ल्ड बुकमा रेकर्ड राख्ने कार्यक्रममा मन्त्री गुरुङले शुक्रबार गरेका हुन् । नेपालको एक जना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कामउने कार्यको सराहना उनले गरे ।

कला र संस्कृतिमा संसारभर परिचित नेपाललाई राज्यमन्त्री मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेकाे कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले त्यसकालागि शुभकामना व्यक्त गरे ।

दिउँसो १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गरेका थिए । मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले वर्ल्ड बुक रेकर्डस् कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!