
विरानगर, १८ पुस । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल पूर्वक्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।
लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यो खेल नेपाली समय अनुसार बिहान ११ः५० बजे हुनेछ । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए ।