२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रोल्पा, १९ पुस । रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका २ हरिगाँउकी रामेश्वरी थापा उमेरले ३० वर्ष पुगिन् । केही वर्षअघि भीरबाट लडेर गम्भीर घाइते भएपछि शारीरिक रुपमा अशक्त भएकी उनले जीवनमा धेरै हन्डर र ठक्कर खाइन् । रामेश्वरीसँग ६ वर्षका छोरी छन् । ३ वर्षअघि सम्बन्ध विच्छेद भएपछि जीवनमा झन् चुनौती थपियो ।

दैनिक खर्च चलाउन जागिर र अन्य पेशा व्यवसाय गर्ने अवस्था नभएपछि कुनै विकल्प रोज्नुपर्ने बाध्यता भयो । सानै उमेरदेखि तीष्ण दिमाग र नयाँ काम सिक्ने चाहना राख्ने रामेश्वरीले पुरुषहरुले मात्रै गर्ने एउटा फरक सीप सिकेर गुजारा चलाउने सोच बनाइन् ।

रामेश्वरी सानो हुँदा बुबाले बाँसको चोयाबाट डोको बुनेको देखेकोले रुचिको विषय पनि थियो । बुबासँग डोको बुन्ने तरिका सिकिन् । आज त्यही सीप नै उनको जिन्दगीको सहारा बनेको छ ।

डोको बुनेको देखेर मानिसहरु दङ्ग पर्छन् । गाउँ घरमा डोको बुन्ने काम पुरुषहरुको मात्रै हो भन्ने मान्यता छ । डोको बुन्ने सीप धेरैमा हुदैन त्यो पनि महिलाको रुचिमा नपर्ने विषय हो । तर, रामेश्वरी सजिलोसँग मज्जाले डोकोहरु बुनेर बजारमा बिक्री गर्दै आफ्नो दैनिकी चलाउँदै छिन् ।

मानिसहरु बजार छिरेपछि गाउँमा डोको बुनेर बेच्ने चलन हराउँदै छ । शारीरीक रुपमा अशक्त रामेश्वरीले भने लोप हुदै गएको यो चलनलाई चुनौतीका साथ निरन्तरता दिइरहे भएको छ । डोको बजारमा बेचेर दैनिक १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म कमाइ हुने गरेको रामेश्वरी बताउँछिन् । ग्राहकहरु डोको खोज्दै घरमै पुग्ने गर्दछन् ।

रामेश्वरीलाई कक्षा १ मा पढदै गरेकी छोरीको भविष्य उज्यालो बनाउने चिन्ता छ । उनी छोरीको भविष्यका लागि कुनै संघसंस्था अथवा राज्यको कुनै निकायसँग सहयोगको अपेक्षा राख्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!