२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई जनताका पक्षमा काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् ।

बुधबार नेकपा काठमाडौँ जिल्ला कमिटीले काठमाडाैंमा आयोजना गरेकाे कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारका काममा पार्टीले व्यवधान गरेको भए प्रमाण पेश गर्न चुनौती दिए ।
उनले कोरोना महामारीका समयमा सरकारको कामलाई झन् प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेको जिकिर पनि गरे ।

प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन नसकेको र  जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन गरेर सरकारले जनमतको अपमान गरेको आरोप पनि उनले लगाए ।

केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य आफूहरुसँग रहेको जनाउँदै उनले निर्वाचन आयोगले आफूहरुलाई दलसम्बन्धी कानूनअनुसार निर्णय लिइनेमा विश्वस्त गराएको बताए ।

“निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य हुने पार्टीले नै आधिकारिकताको मान्यता पाउनेमा विश्वस्त हुन आग्रह गरेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “तर विद्यमान ऐन कानूनको बर्खिलाफ हुने गरी निर्णय भएमा ठूलो आँधीबेहरी आउँछ, संवैधानिक निकायले ऐन, कानूनविपरीत काम गरेमा जनता टुलुटुलु हेरेर बस्दैनन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!