२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बर्जु, ७ फागुन । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सुनसरीको बर्जु गाउँपालिकामा सहिद परिवारलाई सम्मान गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा सहिद परिवारलाई सम्मान गरी प्रजातन्त्र दिवस मनाइएको हो ।

No description available.

गाउँपालिकाकी उपाध्यक्ष संगीताकुमारी रायका अनुसार सहिदका परिवारलाई सम्मानका साथै जनआन्दोलनका घाइतेहरुलाई सहयोग गरिएको थियो । सो कार्यक्रममा जनप्रतिनिधिका साथै प्रहरीहरुको उपस्थिति थियो । एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य गरेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

आजको दिनलाई विक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनलाई परास्त गर्दै प्रजातन्त्र स्थापना भएको सम्झना गरिन्छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!