२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, १० फागुन । अवैध रुपमा जन्मिएका शिशुको हत्या गरेको अभियोगमा दुई महिला पक्राउ परेका छन् । ताप्लेजुङ प्रहरीले फक्ताङलुङ गाउँपालिका-३ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पा र मेरिङदेन गाउँपालिका २ सान्थाक्रका २२ वर्षीया स्याङमु शेर्पालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार शिशुलाई जन्माएर कर्तब्य गरी हत्या गरेको आरोपमा आइतबार उनीहरुलाई पक्राउ गरेकाे हो ।

लाक्पा डिकीले खेजिनिमको गुम्बाडाँडाको अम्रिसो रोपेको पाखामा नबजात शिशुको हत्या गरेर फलेको प्रारम्भिक बयानमा उल्लेख छ । यस्तै स्याङमुले पनि गत माघ २२ गते अबैध शिशु जन्माएर हत्या गरी अलैची बगानमा फालेको स्विकार गरेको प्रहरीको भनाइ छ ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी दुबैको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!