२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ११ फागुन । खाने तेलको मूल्य लिटरमा पाँचदेखि १० रुपैयाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपैयाँसम्म घटेर आएको जनाएको छ । दसैँयता प्रतिलिटर ६० रुपैयाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेश गर्न निर्देशन दिएको थियो ।

तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् । खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अधिकांश उद्योगीले यसअघि तोकिएको तेलको एमआरपीमा पाँच, सात र दस रुपियाँ घटाएका छन् । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले साना पसलमा यसअघि नै खरिद गरेको तेल रहेकाले पुरानै मूल्यमा बिक्री गरे पनि नयाँ प्रिन्ट र एमआरपीको तेल आएपछि त्योभन्दा बढाएर बिक्री गर्न नमिल्ने बताए ।

उपभोक्तालाई भने उस्तै दाम

तेलकाे मूल्य केही घटेपनि उपभोक्ताले भने घटेको अनुभूति गर्न पाएका छैनन् । कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् । उपभोक्ता अधिकारकर्मीले सरकारले अनुगमन गरेर तेलको भाउ घटाएको दाबी गरे पनि उपभोक्ताले राहत पाउने गरी भाउ घट्न नसकेको बताउँदै आएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमल्सिनाले प्रतिलिटर ६० रुपियाँ बढाएर पाँच-दस रुपियाँ घटाउँदा मख्ख पर्ने सरकारका निययमनकारी निकाय नै उपभोक्ताप्रति जिम्मेवार नभएको पुष्टि हुने बताए । तेलको भाउ घटेको लगभग १५ दिन भइसके पनि उभपोक्ताले घटेको अनुभूति गर्न नभएको र त्यस विषयमा विभागले अनुगमन नगरेको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!