
विराटनगर, ११ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका भट्टराई मंगलबार बिहान ९ बजे अस्पताल भर्ना भएका हुन् ।
उनी दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएकाे उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

उपचारका लागि उनी आइतबार नयाँ दिल्ली गएका थिए । लामो समयदेखि उनी पेटसम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।