२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा पैसला गरेपछि ओलीले बुधबार बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बैठक आव्हान भएको छ । प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णयबारेमा छलफल हुने नेता मण्डलले जानकारी दिए ।

नेकपा प्रचण्ड–माधव पक्षले सर्वोच्चको फैसलाको स्वागत गर्दै आज बुधबार देशभर विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकले महत्वपूर्ण निर्णय गर्दै पार्टीले आगामी दिनमा चाल्नुपर्ने सुझबुझपूर्ण कदमबारे छलफल भई आवश्यक निर्णय लिइने नेता मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!