२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्ने भएकी छन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पशुपतिनाथ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारीले पशुपतिनाथमा सुनको जलप भएको गजुर उद्घाटन गर्ने पनि बताइएको छ । विकास कोषका पूर्व-सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीका अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ ।

यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!