२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २४ चैत । झापामा जुवा खेलिरहेका नाै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापा गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका नाै जनालाई कौडा र नगदसहित पक्राउ गरिएको छ ।

सोमबार राति साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घरधनी बर्देवासहित गौरादह २ का ३२ वर्षीय निर्मल थापा, गौरादह ३ का ३५ वर्षीय अंकित कार्की, सोही स्थानका ३८ वर्षीय सुरेश भण्डारी, गौरादह ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई ३ का ४० वर्षीय रामप्रसाद खतिवडा, सोही स्थानका ४२ वर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक ७ का ३८ वर्षीय नीरबहादुर सुनुवारलाई पक्राउ गरेको छ ।

उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र नगद ६९ हजार ४२० रुपैयाँसहित पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!