२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ चैत । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउ स्थित पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा १२ का ३५ वर्षीय महेन्द्र थापा रहेका छन् ।

मंगलबार दिउसो १ बजे पश्चिमतर्फ जादै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश१-०२-०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रकसँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक थापा गम्भीर घाइते भएका थिए ।

उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!