२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २५ चैत । कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका-३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।

बुधबार अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले उनकाे उद्दार गरेकाे हो ।

स्थानीय माझीहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा उनकाे सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!