२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौ, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन् । सभापति देउवाले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले के हुन्छ भन्न नसकिने पनि उल्लेख गरे ।

नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने देउवाको भनाइ छ । ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शंका छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!