२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २० वैशाख । आजदेखि विराटनगरका तीन स्थानबाट स्वाब संकलन हुने भएको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सूचना जारी गर्दै सोमबार (आज)देखि महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने जानकारी दिए ।

उनका अनुसार आजदेखि महानगरपालिकाका तीन स्थानमा स्वाब सङ्कलन केन्द्र सञ्चालन गरिने छ । विराटनगर १, २, ३,४ र १९ नं वडाका लागि वडा नं १ स्थित पुरानो दमकल कार्यालयमा स्वाब सङ्कलन हुनेछ । यसैगरी, ५, ६, ७, ८, ९ र १० नं वडाका लागि वडा नं ७ स्थित आदर्श स्कुलको विज्ञान संकायको भवनमा र ११, १२, १३, १४, १५, १६, १७ र १८ नं वडाका लागि वडा नं १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानीमा स्वाब सङ्कलन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!