२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रतुवामाई, २० वैशाख । मोरङको रतुवामाई नगरपालिकामा मृत अवस्थामा भेटिएको महिलाको पहिचान नुखल्दा प्रहरीलाई अनुसन्धानमा कठिनाइ परेको छ । आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा रहेको मकैबारीमा महिलाको शव फेला परेको थियो ।

शव भेटिएको २४ घण्टा बितिसक्दा पनि पहिचान खुल्न सकेको छैन । मकैबारीमा मृत अवस्थामा भेटिएको महिलाको पहिचान नखुल्दा अनुसन्धानमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

‘अझै सनाखत भएको छैन । पहिचान नखुल्दा अनुसन्धान गर्न गाह्रो भइरहेको छ’, डिएसपी राईले ग्रामीण खबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिन्छ । बलात्कार भए–नभएको पोष्टमार्टमपछि खुल्छ । शवको पोष्टमार्टम हुँदै छ ।’

डिएसपी राईका अनुसार शवलाई पोष्टमार्टमका लागि हिजो नै कोसी अस्पताल विराटनगर ल्याइएको थियो । अन्दाजी ३० वर्षीया ती महिलाले पहेँलो कुर्ता र कालो रङ्गको ट्राउजर लगाएकी छन् ।

महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या गरी शव फालेको आशङ्का गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!