२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २६ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरुले सावुन तथा मास्क वितरण अभियान थालेका छन् । क्विक रेस्पोन्स टिम (क्युआरसी) का युवा टिमले मंगलबारबाट मास्क तथा सावुन वितरण अभियान थालेका हुन् ।

सामाजिक कार्यमा थप तिब्रता दिँदै उनीहरुले देवानगञ्ज–२ को मुसहरी टोलका प्रत्येक घर पुगेर मास्क ५ पिस र साबुन १ पिस गरेर वितरण गरेका थिए । वडाध्यक्षको समन्वयमा १५ जना युवाको टिमले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मास्क र साबुन वितरण गरेको क्युआरसीका अध्यक्ष किशोर मेहताले जानकारी दिए ।

उनका अनुसार बुधबार (आज) देवानगञ्ज ३ को उराउ टोल गएर मास्क र साबुन वितरण गरिनेछ । गाउँमा सफा रहनुपर्छ र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्न भन्ने सचेतना कम भएकाले संक्रमण बढ्ने सक्ने अवस्थालाई ध्यानमा राख्दै अभियान थालिएको मेहताको भनाइ छ ।

हरेक वडासँगको समन्यवमा मास्क र साबुन बाँडिने बताउँदै उनले भने, ‘हामीले यस अभियानलाई निरन्तरता दिनेछौँ । आफ्नै खर्चमा अहिले यस्ता सामग्री बाँडेका हौँ । अब पालिका वा वडाबाट सहयोग पाउने अपेक्षा गरेका छौँ ।’ सहयोगी हातहरुको साथ पाएमा अभियानले सार्थकता पाउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!