२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापाले प्राप्त गरेकी छन् । पूर्व-गृहमन्त्री रामबहादुर थापा ‘बादल’का धर्मपत्नी थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहिबार सो जिम्मेवारी प्रदान गरेका हुन् ।

रुपन्देहीको बुटवलमा जन्मनुभएका सञ्चारमन्त्री थापा यसअघि राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएर चार वर्षे जिम्मेवारी निर्वाह गरिसकेकी छन् । त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिलासम्वन्धी विज्ञ समुह सदस्यको रुपमा पनि उनले अनुभव प्राप्त गर्नुभएको छ ।

यसअघि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेकी सञ्चारमन्त्री थापा पछिल्लो समय श्रीमान बादलसँगै नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन् । २०३५–०३६ सालदेखि नै राजनीतिमा सक्रिय रहेकी मन्त्री थापाले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!