२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८।२६ अंकले घटेर २ हजार ८ सय १८।७२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३।७० प्रतिशतले कम हो । आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेको थियो ।

कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार केही सम्हालियो । तर, नेप्सेको घट्ने क्रम रोकिएन । अन्ततस् १ सय भन्दा धेरै अंकले नेप्से ऋणात्मक भएर बन्द भएको छ । सो दिन १ लाख २९ हजार कारोबारबाट २ सय २३ कम्पनीका २ करोड ३० लाख ७९ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!