२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

यो दिन कारोबारमा आएका २२२ कम्पनीमध्ये सबैभन्दा बढी उक्त कम्पनीको रू। ६१ करोड ९२ लाख ९१ हजार बरावरको शेयर खरीदविक्री भएकोे हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ६०७ कायम भएको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ७८ प्रतिशत अर्थात् ४३ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । यस दिन कम्पनीको १० लाख ३९ हजार ६०१ कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आवको मुनाफाबाट भने कम्पनीले हालसम्ममा लाभांश प्रस्ताव गरेको छैन ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू। ६ करोड ४२ लाख ७९ हजार खुद नाफा आर्जन गरेको हो । गत आवको चौथो त्रैमासको तुलनामा गत आवमा कम्पनीको खुद नाफा ४ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवमा कम्पनीले रू। ६ करोड १६ लाख ३६ हजार कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी भने ४ दशमलव २८ प्रतिशतले कमि आएको छ ।

अघिल्लो आवमा कम्पनीले विद्युत विक्री बापत रू। ३० करोड ११ लाख ८६ हजार आम्दानी भएकोमा गत आवमा रू। २८ करोड ८३ लाख २९ हजारमा सीमित भएको हो । चुक्तापूँजी रू। १ अर्ब १५ करोड रहेको उक्त कम्पनीले जगेडामा रू। ७ करोड ७३ लाख १ हजार सञ्चित गरेको छ। त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू। ५ दशमलव ५९,तरलता अनुपात २ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू। १०६ दशमलवल ७२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!