२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । अनलाइन सञ्चालकहरूको हकहितको लागि भन्दै मोरङका अनलाइन सञ्चालकहरू संगठित भएका छन् । प्रजातन्त्रप्रति आस्था राख्ने सञ्चालकहरू एक भएका हुन् । अरबिन्द मेहताको संयोजकत्वमा मंगलबार ११ सदस्यीय समिति गठन गरिएको छ। गठित समितिमा वरिष्ठ उपाध्यक्ष कौशल निरौला,उपाध्यक्ष गोपाल काफ्ले,महासचिव दिनेश खड्का,सचिव भीमराज अधिकारी र कोषाध्यक्षमा राज पोखरेल रहेका छन् ।
यस्तै सदस्यहरूमा बीरेन्द्रकुमार साह,खड्ग वेदना,अनुप योन्जन,सव्वु खान र सरिता कर्माकार रहेका छन् । अनलाइन सञ्चालन गर्नेहरूको अधिकार र व्यवस्थित गर्न अनलाइन सञ्चालन गर्नेहरू एकजुट भएको अध्यक्ष अरबिन्द मेहताले जानकारी दिए । यस्तै सल्लाहकारमा भोजराज बस्नेत,अबिनास निधि,हरि कोइराला र प्रशान्त निरौलालाई चयन गरिएको अध्यक्ष मेहताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!