२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । जनता समाजवादी पार्टी विराटनगरका नेता उमेश यादवले पार्टी त्यागेको घोषणा गरेका छन्।

महानगरको मेयरमा दाबी गरिरहेका यादवले गठबन्धनको नाममा पार्टीले अन्याय गरेको भन्दै पार्टी त्यागेको बताएका छन्।

विराटनगरमा गठबन्धन जरूरी थिएन’, शनिबार पत्रकारहरूसँग उनले भने, ‘तर, गठबन्धन गर्ने निर्णय गलत भयो। यही कारणले मैले पार्टी त्यागेर स्वतन्त्र बस्ने निर्णय गरेको हुँ।’
आफ्ना समर्थकसहित पत्रकार सम्मेलनमा उपस्थित यादवले मेयरमा उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिई नसकेको बताए।२०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए। उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए। उनले अब स्वतन्त्र रहने कि कुनै दलमा जाने सोचिनसकेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!