२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बर्दिया ।  बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा च्याउ खोज्न जाँदा बाघले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । भारतियवनमालगिमारेको स्थानीयले बताएका छन् ।
बाघको आक्रमणमा परि मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ३ बस्ने २७ बर्षिय दिनेश थारु र सोही ठाउँ बस्ने २६ बर्षिय रमेश चौधरी रहेका छन् । धनौराको बेलझुण्डि सामुदायिक वनमा दिनेश चौधरी विहान करिब १० बजे तिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरीएको छ । भने उनी घर नफर्किए पछि खोज्न जाँदा रमेश चौधरीलाई समेत बाघले आक्रमण गरेको मधुवन नगरपालिका वडा न. ३ का वडाध्यक्ष नारायण मल्लले बताउनु भयो । अध्यक्ष मल्लले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं पिल्लर देखि ५ सय मिटर भित्रसम्म पुर्याएको बताउनु भयो । मृतक दुवैजना सालाभिनाजु नाता पर्ने हुन् ।
एकसाता अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवननगरपालिका–३ भगरैया बस्ने २८ वर्षिय गंगा बुढाको मृत्यु भएको थियो भने केही महिना पहिले बाघको आक्रमणमा परि सोही ठाउँमा एक बालकको मृत्यु भएको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भारतीय सीमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गर्ने गरेको बताउँदै उक्त बाघ नरभक्षी भएको हुन सक्ने भएकोले तत्काल बैठक बसेर त्यसको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!