
इटहरी, ३ कात्तिक । इटहरीबाट मोटरसाइकल चोरी गर्नेक्रममा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–३ का २१ वर्षीय मनोज मेहता र २० वर्षीय रमेश मेहता रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले गत शनिबार साँझ इटहरी–५ का दयाराम भट्टराईको को.२४.प ७५९६ नं को मोटरसाइकल चोरी गर्दागर्दै उनीहरु दुवैलाई रंगेहात पक्राउ गरेको हो ।