२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरीमा तीन दिनको अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । दसैं टीकाको दिन कात्तिक १० गते २ जना, ११ गते २ जना र बुधबार १ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार धरान १ का ६६ वर्षीय पुरुष, धरान १० का ५४ वर्षीय पुरुष र बुधबार धरान १६ बस्ने ८३ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ ।

इनरुवास्थित स्वास्थ्य कार्यालयका कोभिड १९ संयोजक अधिकृत दीक्षा श्रेष्ठकाअनुसार दसैंको बीचमा इटहरी उपमहानगरका ५५ वर्षीय एक पुरुष र भोक्राहा गाउँपालिकाका १ पुरुषको पनि मृत्यु भएको छ । मृतकहरुमध्ये १ जना विराटनगरस्थित कोसी अस्पतालमा र ३ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा र १ जना होम आइसोलेसनमा मृत्यु भएको हो ।

यसैगरी कात्तिक २ गते नै कोरोना संक्रमण पुष्टि भएर ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका सप्तरी कञ्‍चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । उनकाअनुसार मृतकमा उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!