२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १३ कात्तिक । पत्रकार रवि लामिछाने र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको पीसीआर परीक्षणको क्रममा दुवै जनाको रिपोर्ट पोजिटिभ आएको रविले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धावस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं’, उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!