२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १३ कात्तिक । बडादशैंअन्तरगत आज त्रयोदशी । आज पनि आफन्तजन र मान्यवरबाट टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ ।

खासगरी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लिने चलन छ । टाढा रहेका मान्यवर तथा आफन्तजनको हातबाट टीका लगाउने चलन भएपनि यसवर्ष भने कोरोना महामारीका कारण चहलपहल त्यति देखिएको छैन ।

राजधानी काठमाडौंमा पनि गत बर्षहरुमा भन्दा यो बर्ष चहलपहलमा कमी आएको पाइयो । मठमन्दिरमा पूजाआजा गर्नेदेखि आफन्त कहाँ जाने-आउनेहरुको चहलपहल नगन्य रह्यो । सरकारले संक्रमण फैलन सक्ने भएकाले घरैमा सिमित भएर दशैं मनाउन आग्रह गरेकाले पनि चहलपहलमा कमी आएको हुन सक्ने बुझाई आम नागरिकको रहेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!