
काठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालयअन्तर्गतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो ।
मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पदका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। योग्यता पुगेका आवेदकहरुले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुने सूचनामा उल्लेख छ ।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् र आवेदन दिन पैसा लाग्दैन।काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।