
जनकपुर, १४ कात्तिक । प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।