२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १३ माघ : बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्रीमा केशवप्रसाद पोखरेलले पदबहाली गरेका छन् । मन्त्रालयमा पदबहाली भएसँगै पहिलो निर्णय गर्दै मन्त्री पोखरेलले बागमती प्रदेशभित्रका कृषकहरूलाई सर्वसुलभ रूपमा रासायनिक मल उपलब्ध गराउन आवश्यक पर्ने सबै विकल्प खुला राख्ने बताएका छन् ।

मन्त्री पोखरले त्यसका लागि तत्काल कार्ययोजना तयार पार्ने र कृषि औजारको उपलब्धतालाई पनि ध्यान दिँदै उत्पादकत्व र उत्पादन वृद्धि गर्नेतर्फ विशेष पहलकदमी लिने निर्णय गरेका छन् ।
यस्तै प्रदेशलाई आवश्यक मात्रामा चाहिने मल आगामी ३–४ वर्षसम्म भण्डारण गर्ने क्षमता विकास गर्ने, संघीय सरकारबाट प्रदेशलाई विनियोजन हुने रासायनिक मलको कोटा बढाउन पहल गर्ने र प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आफ्नो प्रदेशलाई आवश्यक मलको परिमाणसहित खरिदको टेन्डरका लागि आग्रह गर्ने निर्णय गरिएको छ ।

प्रदेशलाई विनियोजन भएको रासायनिक मलको कोटाबमोजिम कृषकले सहज तरीकाबाट प्राप्त गर्ने वातावरण मिलाउने तथा दीर्घकालीन रूपमा रासायनिक मलको समस्या समाधान गर्न प्रदेशमा नै मल उत्पादन गर्ने कार्य गर्न पहल गर्ने निर्णय पनि गरिएको छ । यसका साथै मन्त्री पोखरेलले कृषि औजार कारखाना स्थापना गरी कृषकलाई सर्भसुलभ रूपमा कृषि औजार वितरण गर्न मन्त्रालयले आवश्यक कार्य गर्ने समेत बताएका छन् ।

बाग्मती प्रदेशमा एमाले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाएका छन् । नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् । यसअघि १४ सदस्यीय रहेको बाग्मती प्रदेशमा ३ वटा मन्त्रालय घटाएर ११ सदस्यीय कायम गरी मन्त्रिपरिषद् विस्तार गरिएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्री पोखरेलले आजै पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेका पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ ९२० बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!