
बिराटनगर,१३ माघ : तराईका बिभिन्न स्थानहरुमा दैनिक बढिरहेको चिसोका कारण जनजिवन प्रभावित बन्दै गएको छ । दैनिक ज्यालादारी गरेर जिविका चलाउने गरिव परिवारहरुको दैनिकी चिसोका कारण दैनिकी कष्टकर बनेको छ । सामान्य न्यानो लुगा समेत खरिद गर्न नसक्ने अवस्थाका परिवारहरुलाई सहज होस भनेर बिभिन्न संघ तथा सस्थाहरुले सहयोग अभियान समेत संचालन गरेका छन ।
बिभिन्न जिल्लाहरुमा मानविय सहायता उपलब्ध गराउदै आएको केयर एण्ड डेभलपमेन्ट अगएनाइजेसन (सिडियो) नेपालले यस्तै चिसोका कारण कष्टकर जिवन बिताउन बाध्य बुढीगंगा गाउँपालिकाका ५० दलित परिवारलाई न्यानो लुगा बितरण गरेको छ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं ५ मा बसोवास गर्दै आएका दलित समुदायका बस्तिमा पुगेर अर्गनाइजेसनले न्यानो लुगा बितरण गरेको हो । चिसोका कारण ओड्ने तथा ओच्छ्याने कपडाको समेत अभावमा पिडामा रहेका स्थानीयलाई संस्थाको तर्फबाट कपडा बितरण गरिएको हो ।
त्यसैगरी अर्गनाइजेसनले गाउँपालिकाको वडा नं २ मा रहेको मधुग्राम आधारभुत बिद्यालयका १ सय ७५ जना छात्र छात्राहरुलाई न्यानो स्वेटर समेत बितरण गरेको छ ।
कार्यक्रममा सिडियो नेपालका कार्यकारी निर्देशक आरती बस्नेतले चिसोका कारण समस्या झेल्दै आएका बिपन्न परिवार तथा बालबालिकाहरुलाई राहत होस भन्ने उद्धेश्यले न्यानो लुगा वितरण अभियान संचालन गरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जित नारायण थापामगर लगायत स्थानीयको उपस्थिती रहेको थियो ।