२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा चार जना मिलेर भैंसीपालन व्यवसाय सुरु गरेका छन् । सामुहिक रुपमा भैंसीपालन गर्नेमा सो ठाउँका कृष्ण केसी, हरि अधिकारी, शर्मिला अधिकारी र कृष्ण भण्डारी हुनुहुन्छ ।
छाब्दीबाराही अर्गानिक बहुउद्धेश्यीय प्रा.लि दर्ता गरी भैंसीपालन गरेर उहाँले दूध विक्री गर्न बिक्री हुन थाल्नुभएको छ । दूधको माग बढेर फममा नै पुगेर दूध किन्नेको भिड बढ्न थालेपछि सञ्चालकहरु उत्साहित भएका छन् ।

एक महिना अघिदेखि उक्त फर्म सञ्चालनमा ल्याइएको प्रतिलिटर रु.एक सय दशमा दुध विक्री गर्दै आएको सञ्चालक शर्मिला अधिकारीले जानकारी दिनुभयो । छोटो समयमा दुधको माग सोचेभन्दा राम्रो रहेको छ । ‘माग दिनप्रतिदिन बढ्दै गएको छ सबैलाई दूध पु¥याउन नसक्दा केही व्यक्तिलाइ रित्तै हात फर्काउनुपरेको छ ।’

‘दूधको माग दिनहुँ बढेकाले भैंसी थप गर्ने सोचाई आएको छ ।’ शर्मिलाले भन्नुभयो । हाल फर्ममा १८ माउ भैसी र १८ पाडापाडी गरी ३६ वटा छन् । जीतपुर,हेटौडा लगायतका स्थानबाट मुर्रा जातका भैसी ल्याएर व्यवसाय सुरु गरेको फर्मका अध्यक्ष हरि अधिकारीले बताउनुभयो । भैसीपालन संगसगै दुई सय वटा बाख्रा पाल्ने गरी खोर निर्माणकार्य अघि बढाई सकिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । हाल फर्ममा तीन जना कर्मचारी राखे पनि फर्म सञ्चालकका चार जनाको परिवारले समेत सहयोग गर्दै आएको अर्का प्रोपाइटर कृष्ण भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!