
काठमाडौ १३ माघ: चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि हामीले सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्छ ।