२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौ ,१४ माघ सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।
हाल पार्टीमा उपसभापति रहेका अर्याल समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।

विज्ञप्ती


राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका संस्थापक सभापति श्री रवि लामिछानेको नागरिकताका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला बमोजिम पार्टीले आफ्नो कामकारवाही अगाडि बढाउने निर्णय गरेको छ । कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ ।
सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्देै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति श्री डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ । बसेको पार्टीको संसदीय दलको बैठकले सम्मानित सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त रहेको पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति माननीय श्री डोल प्रसाद अर्याललाई चयन गरेको छ ।
साथै पार्टीको यस चुनौतिपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।

डा.मुकुल ढकाल
महामन्त्री तथा प्रवक्ता

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!