२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । १ नं प्रदेशसभामा विपक्षी दलका नेता राजिव कोइरालालाई कोभिड अस्पताल भर्ना गरिएको छ । १० दिनदेखि शरिर दुख्ने र ज्वरो नघटने समस्या बढ्दै गएपछि कोभिड अस्पताल भर्ना गरिएको जानकारी दिए ।

उपचारका लागि शनिवार दिउँसो विराट टिचिङ हस्पिटलमा रहेको कोभिड अस्पतामा भर्ना गरिएको छोरा संयमले बताए ।स्वास्थ्यमा निरन्तर समस्या आउँदै गएपछि थप उपचारका लागि अस्पताल भर्ना भएर बस्नु पर्ने चिकित्सकहरुको सल्लाहअनुसार उनलाई दिउँसो बिराट टिचिङमा भर्ना गरिएको हो ।

नेपाली कांग्रेस सुनसरीका सभापतिसमेत रहेका नेता कोइरालाले कार्तिक ३ गते देखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

उनीसँगै नेपाली काग्रेसका सुनसरी सचिव केदार भण्डारीलाईसमेत कोरोना संक्रमण पुष्टि भएपछि नेता भण्डारी होम आइसोलेसनमा बस्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!