२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,१९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।

करिब चार घण्टासम्म चलेको बैठकमा दुई दिनपछि बैठक पुनः बस्ने र आवश्यक निर्णय गर्ने जानकारी बैठकपछि पत्रकारहरूलाई दिइएको छ ।

पार्टीका प्रवक्ता मुकुल ढकालले भन्नुभयो, ‘‘हामो पार्टीको संयुक्त बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष के।पी। शर्मा ओलीको फोन आएको छ, उहाँहरूले उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेर छलफल गरौं, त्यसका लागि दुई दिन समय दिन भन्नुभएको छ, त्यसैले आजको बैठकले कु्नै राजनीतिक निर्णय गरेको छैन ।’’

उहाँले राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको बताउनु भयो । उहाँले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताउनु भयो ।

बैठकमा अधिकांश नेताहरुले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएका उहाँले बताउनु भयो ।

पत्रकारहरूको जिज्ञासामा प्रवक्ता ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय हाम्रै पार्टीले पाउनुपर्छ भन्नेमा पार्टीको अडान कायमै रहेको बताउनु भयो । यसअघि सो पार्टी सरकारबाट बाहिरिँदैछ भन्ने चर्चा पनि चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!