२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ कात्तिक । प्रहरीले ८ लाखभन्दा बढी रकमसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार मोरङ केराबारी गाउँपालिका– ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा आठ लाख ८९ हजार २५० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ का ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरानकै ३६ वर्षीय हरि खत्री रहेका छन् ।

मोरङका डीएसपी मानबहादुर राईले विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले नगदसहित पाँच जुवाडेलाई पक्राउ गरेको जानकारी दिए ।

जुवाखालबाट पक्राउ परेका उनीहरुको साथबाट १३ बुक तास, २ वटा स्कुटी र २ थान मोसासमेत बरामद गरिएको डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!