२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लन्डन, १६ कात्तिक । बेलायतमा कोरोना भाइस संक्रमितको संख्या दस लाख नाघेसँगै प्रधानमन्त्री बोरिस जोनसनले दोस्रो राष्ट्रिय लकडाउनको घोषणा गरेका छन् । बेलायतको सावर्जनिक स्वास्थ्य क्षेत्रमा पर्न जाने स्वास्थ्य र नैतिक प्रकोपबाट बच्न लकडाउन घोषणा गरिएको हो ।

लकडाउनमा रेष्टूरेन्ट, जीमखाना, सिनेमा हल बन्द रहे पनि विद्यालय, कारखाना लगायतका स्थानहरु भने खुल्ला रहने छन् । लकडाउन हालको लागि ४ हप्ताको लागि लागू गरिएको हो । यसअघि, यूरोपेली मुलुक फ्रान्सले पनि दोस्रो चरणको लकडाउन धोषणा गरेको थियो ।

उनले क्रिसमस ‘निकै फरक’ हुनसक्ने तर अहिले उठाइएको कदमका कारण उक्त चाडका अवसरमा परिवारहरूका सदस्यहरूबीच भेट हुन सक्ने आशा प्रकट गरे । पबहरू, रेष्टुरेन्ट, जीम र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने उनले बताए ।

तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन् । डिसेम्बर २ देखि प्रतिबन्ध खुकुलो गरिने भएपनि ठाउँ ठाउँमा प्रतिबन्ध भने लागिरहन सक्छ ।

प्रधानमन्त्री जोन्सनले भने, “यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ। तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्न सक्ने स्थिति आउन सक्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!