२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१९ फागुन: मोरङको सुनवर्सी नगरपालिका-१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पश्चात आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय रङ्गेलीमा जानकारी गराउनासाथ प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटि उत्खनन गर्दा बालकको शब फेला परेको हो । बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनको श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो । बालकको हत्याको आरोपमा पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!