
विराटनगर, १६ कात्तिक । प्रदेश १ मा थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुंगा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना संक्रमित थपिएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरङको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैंचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४–४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २–२, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी र अर्जुनधारामा १–१ स्थानीय तह नखुलेका ४ जना संक्रमित थपिएका छन् ।
सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ ।
प्रदेश १ मा आज २४७ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट १९७, होटल एशियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।