२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २८ फागुन: झापाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर फुटबल बुट समेत गरी करिव २ लाख २६ हजार रुपैया बराबरको सामान तथा सामान ओसार पसार गर्न प्रयोग गरेको मे। ५ प ६४३२ र द्यच् घठ न् द्दठठघ नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको सामान तथा मोटरसाईकल समेत आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!