२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा धरौटी रकम नलिन सबै सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको आजको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोनाको उपचारमा बिरामीसँग धरौटी रकम नलिन र तिर्न सक्ने बिरामीसँग मात्रै उपचार शूल्क लिन निर्देशन दिएको बताए ।

प्रवक्ता प्रा. डा. गौतमले कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका विरामीको अनुगमन, व्यवस्थापन तथा थप उपचारका लागि अस्पतालहरुमा रिफर गर्ने जिम्मेवारी स्थानीय पालिकाहरूको भएको हुनाले सोही अनुसार व्यवस्था मिलाउन सबै पालिकाहरूलाई अनुरोध समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!