२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ,७ चैत: निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले मङ्गलवार सूचना जारी गर्दै दल दर्ताको आह्वान गरेको हो । आयोगले चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।

आगामी वैशाख १० गते, तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!