
विराटनगर । सक्रिय पत्रकार तथा कान्तिपुर टेलिभिजनका विराटनगर सम्बाददाता सुशीला पाठक सम्मानित भएकी छन ।
नेपाल गणगौर पूजा समितिले मंगलवार ३६ औ गणगौर पूजा महोत्सवको अवसर पारेर उनलाई सम्मान गरेको हो । उपसभामुख इन्दिरा रानाले पाठक सहित विभिन्न क्षेत्रका व्यक्तीत्वहरुलाई सम्मान गरेकी थिईन । मारवाडी महिलाहरुले प्रत्येक बर्ष गणगौर पर्व मनाउने प्रचलन छ ।
अविवाहित महिलाले सुयोग्य पति र विवाहितले पतिको दिर्घायूको कामना गर्दै गणगौर पर्व मनाईदै आएको छ । कार्यक्रमा बक्ताहरुले गणगौर पर्वका दिन सार्वजनिक विदाको माग गरेका थिए । कार्यक्रममा
समितिका अध्यक्ष नन्दु राठी , फुलकुमार लालवानी , बेनुगोपाल मुन्दडा लगायतले गणगौर पर्वको बिशेषतका बारेमा चर्चा गरे ।