२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१० चैत: नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार झापाको बिर्तामोडमा सम्पन्न महासङ्घको पाँचौँ सभाले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

विराटनगर निर्माण व्यवसायी तथा उद्योगी राउत यसअघि एसोसिएट्स उपाध्यक्ष रहनुभएको थियो । त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल, एसोसिएट्स तथा वस्तुगत उपाध्यक्षमा झापा कनकाईका व्यवसायी कुमारमणि पोखरेल र कोषाध्यक्षमा व्यवसायी सुवास आचार्य निर्विरोध चयन हुनुभएको छ ।

जिल्ला नगर सदस्यमा ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी र ऋषिराज तिम्सिना चयन हुनुभएको छ । वस्तुगत सदस्यमा राजन श्रेष्ठ र दीपक पाण्डे तथा एसोसिएट्स सदस्यमा रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन हुनुभएको छ । महासङ्घमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन् ।
श्रोत: गोरखा पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!