२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिद्धार्थनगर,२३ चैत: विश्व हिन्दु महासंघ नेपालको अध्यक्षमा पुनः डा. रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । महासंघको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको सहअध्यक्षमा शंकर खराल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा यज्ञप्रसाद ओली (कोशी), ज्योत्सना साउद (मधेश), दिनेशकुमार सिंजापति (उपत्यका), प्रविण घिमिरे (वागमती), पार्वता पौडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पौडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कर्णाली) र राजप्रसाद जोशी (सुदूरपश्चिम) निर्वाचित हुनुभएको छ ।

त्यस्तै, महासचिवमा रामचन्द्र तिवारी निर्वाचित हुनुभएको छ । सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिवमा पुनाराम पोखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पौडेल र राधा गिरी पण्डित सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै महाधिवेशनबाट कार्यसमिति सदस्य पदमा ६६ जना निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!