२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २७ चैत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । घरको नापनक्सा पास गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस रकम लिएका मेहता घुससहित पक्राउ परेका हुन् । घुससहित पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।
सुनसरीको देवानगञ्ज वडा नम्वर-७ घर भएका मेहता छैटौँ तहका कर्मचारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!