२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ कात्तिक । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको छ ।

गत भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भएको टेलिफोन वार्तामा भएको समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जनाएको छ ।

टेलिफोन कुराकानीमा समकक्षी हसिनासँग ओलीले नेपालमा तत्काल युरिया मलको आपूर्तिका लागि अनुरोध गरेका थिए । उक्त अनुरोधलाई हसिनाले सकारात्मक रूपमा लिएको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जानकारी दिएका थिए ।

मल ल्याउन भारतसमेत सहजीकरणका लागि तयार भएको थियो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटमा क्वात्राले बंगलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताएका थिए ।

तर, सो समझदारीबाट बंगलादेश पछि हटेको जनाइएको छ । अब बंगलादेशसँग मल किन्नुपर्ने अवस्था आएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!