
काठमाडौं, वैशाख १३ नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक झापामा बस्ने भएको छ।
वैशाख,२८, २९ र ३० गते झापामा बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले बताए।
उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। बैठकको एजेन्डा र बैठक बस्ने स्थानबारे तय भइनसकेको अधिकारीले बताए।
महाधिवेशनबाहेक काठमाडौं बाहिर एमालेका बैठकहरू बिरलै बस्छन्।